Home / Nepal / सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

फिदिम : मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नंको डबल क्याप पिकअप फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *