Home / Nepal / News / बारामा पिकअप गाडीको ठक्करबाट एकको मृत्यु दुईजना घाइते

बारामा पिकअप गाडीको ठक्करबाट एकको मृत्यु दुईजना घाइते

काठमाडौं : बाराको परवानीपुर गाउँपालिका–४ मा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। दुईजना किशोरी घाइते भएका छन्।

मृत्युहुनेमा मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वाटोलका ३८ वर्षीय राजेश राम रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो। घाइते दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ना४च ३४३२ नम्बरको पिकअप गाडीले ना२१प १८३१ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब ७ बजे ठक्कर दिएको थियो। गाडी चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *