Home / Nepal / News / सुनसरीको इटहरीमा ट्रकको ठक्कर बाट एक जनाको मृत्यु

सुनसरीको इटहरीमा ट्रकको ठक्कर बाट एक जनाको मृत्यु

इटहरी : सुनसरीको इटहरीमा ट्रकको ठक्कर बाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिराटनगर ६ बस्ने ४० वर्षिय भुल्किदेवी कामत रहेको प्रहरी कार्यलय इटहरीले जनाएको छ।

इटहरी १३ स्थित कोसी लोकमार्ग काली मन्दिर चोक बाट भित्री सडक तर्फ जाने क्रममा ना ४ ख ८३७२ नम्बरको ट्रकले पैदल यात्री कामतलाई ठक्कर दिएको हो। ठक्कर बाट गम्भीर घाइते भएकी उनिलाई बिराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

अनुसन्धानका क्रममा चालकको लापरबाहीले दुर्घटना भएको खुल्न आएको र बिराटनगर ४ बस्ने चालक रोहित राईलाईइलाका प्रहरि दुहबि ले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *