Home / Nepal / सप्तरीको वीरेन्द्रबजारमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीको वीरेन्द्रबजारमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

सप्तरीको वीरेन्द्रबजारमा मंगलबार बिहान ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *