Home / Nepal / News / नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ

नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ

काठमाडौं : काठमाडौंस्थित नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा पश्चिम रुकुमका खीमबहादुर घर्ती छन्। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।

उनले संग्रहालयको श्रीपेच कक्षमा रहेको खुकुरीले सिसा फुटाउन खोजेका थिए। ‘म राजा बन्छु’ भन्दै सिसा फुटाएर श्रीपेच भएको स्थानमा जान लाग्दा सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *