Home / Nepal / News / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुत्ता खोल्न लगाएर यात्रुको जाँच

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुत्ता खोल्न लगाएर यात्रुको जाँच

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुत्ता खोल्न लगाएर यात्रुहरूको जाँच गर्न थालिएको छ। काठमाडौंबाट नेपालगन्ज हवाईयात्रामा निस्किएका यात्रुको साथमा केही दिनअघि सुन भेटिएपछि कडाइ गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार पछिल्लो केही दिनयता विमानस्थलमा सबै यात्रुको जुत्ता खोल्न लगाइएको छ। विगतका दिनभन्दा शरीर जाँचमा पनि कडाइ गरिएको छ । अवैध कामहरू हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताए ।

एसएसपी बास्तोलाले भने, “विमानस्थलमा सधैँ सुरक्षा व्यवस्था प्रभावकारी नै हुन्छ । सुरक्षा जाँचका विभिन्न विधि हुन्छन् । अवैध प्रकारका कामहरू हुनसक्छन्, त्यसका लागि विगतको भन्दा जाँच प्रभावकारी बनाएका हौँ ।”

उनले अहिले आन्तरिक उडानका यात्रुको जाँच गर्दा जुत्ता खोल्न लगाइएको र सुरक्षाका दृष्टिले आवश्यक परे अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप कदम चालिन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *