Home / Nepal / News / इन्दिरा जोशी भन्छिन्, ‘शरदले मसित बिहे प्रस्ताव गरे, मैले हुन्छ भनेँ’

इन्दिरा जोशी भन्छिन्, ‘शरदले मसित बिहे प्रस्ताव गरे, मैले हुन्छ भनेँ’

काठमाडौं : गायन प्रतियोगिता ‘नेपाली तारा’बाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका इन्दिरा जोशीले इन्गेजमेन्टको फोटोहरु सार्वजनिक गरेकी छिन्।

खुम्बुमा पुगेर इन्गेजमेन्ट गरेकी गायिका जोशीले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा प्रेमीले औंठी लगाइदिँदै गरेको फोटो सार्वजनिक गर्दै लेखेकी छिन्। “उसले सोध्यो–म सँग विवाह गछौं ? मैले भनेँ, एस ! आई लभ यु शरद केडिया, हरेकदिन माया दिएकोमा धन्यवाद। मेरो तारा।” शरद फेसन डिजाइनर हुन्।

उनीहरुको इन्गेजमेन्टको खबर बिहीबार राति नै मिडियामा आइसकेको छ। उनी नेपाल आइडलको तीनवटा सिजनकी निर्णायक पनि हुन्। इन्दिरा पार्श्व गायनमा रुचाइएकी गायिका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *