प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले होइन, सर्वोच्च अदालतको परमादेशका कारण सरकारको जिम्मेबारीबाट बिदा लिन लागेको बताएका छन। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको भोलीपल्ट नै उनले देशबासीका नाममा सम्बोधन गर्दै यस्तो धारण राखेका हुन् । ‘आज फेरी जनताको जनादेशले होइन, जनताको आदेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो ।
त्यस कारण सर्वोच्चमो परमादेशको कारण सरकारको जिम्मेबारीबाट बिदा लिँदै छु,’ उनले सम्बोधनका क्रममा भने । प्रधानमन्त्री ओलीले त्यही संम्बोधनमार्फत राजीनामा दिएका छन् ।






