एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँगको समन्वयमा स्थापना गरिएको संयुक्त वार्ता कार्यालयमा बम बिस्फोट गराएको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दे उत्तर कोरियाको सीमावर्ती सहर कएसोङको संयुक्त औद्योगिक परिसरमा विस्फोट सुनिएको जनाएको छ ।
यसअघि उत्तर कोरियाले दक्षिण कोरिया र ऊसँगको सबै कम्युनिकेसन लाइन्स समाप्त गर्ने घोषणा गरेको थियो ।
उक्त घोषणासँगै उत्तर कोरियाले सीमा सहर कएसोङमा स्थापना गरिएको सम्पर्क कार्यालय मंगलवारबाट बन्द गर्ने पनि बताएको थियो ।
२०१८ को वार्तापछि दुवै देशले तनाव कम गर्न उक्त कार्यालय स्थापना गरेका थिए । १९५३ मा कोरियाली युद्धको समाप्ति पछि दुवै देशबीच कुनै शान्ति सम्झौता भएको छैन ।
सोही कारण प्राविधिक रुपमा अहिले पनि दुवै मुलुक अहिले पनि युद्धमै छन् । –बीबीसी






