Home / Nepal / मृत्यु संस्कारमा जान मात्र सवारी पास पाइने

मृत्यु संस्कारमा जान मात्र सवारी पास पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने बाहेकका सवारी पास नदिने बताएको छ।

सवारी पासको माग अत्यधिक बढ्न गएको र यसबाट लकडाउन उल्लंघन भएको भन्दै पर्शासनले बैसाख ३ गतेदेखि लागुहुने गरि यस्तो निर्णय गरेको हो ।

यसभन्दा अघि सरकारले कोरोना संक्रमण फैलनबाट रोक्न अत्यावश्यक बाहेकका सवारीसाधन रोक्ने निर्णय गरेको थियो भने अत्यावश्यक सवारीसाधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्रै संचालन गर्न पाउने व्यवस्था मिलाइएको थियो।

सरकारले लक डाउन बढाउँदै २०७७ बैशाख १५ गते राती १२ बजेसम्मका लागि पुर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *