Home / Society / आजबाट देशभर मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा, सतर्क रहन आग्रह

आजबाट देशभर मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट मनसुन पुनः सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षाको सम्भवना रहेको मौसम विद् समिर श्रेष्ठ बताउँछन् ।  

आज देशभर अधिकांश स्थानमा मौसम बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

यसैबीच आज राति देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, सुदूरपश्चिम तथा  कर्णाली प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

भारी वर्षाको सम्भावना रहेका स्थानका नदीमा पानीको बहाव बढ्ने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्नै भन्दै सतर्क रहन आग्रह गरेको विभागले पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जानसक्ने बताएको छ । 

सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै विभागले सतर्क रहन भनेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *