Home / Nepal / News / मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक

मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक गरिएको छ।

‘सुनको कचौरी…’ बोलको गीतमा स्वर हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको छ। शब्द तथा संगीत राजनराज शिवाकोटीको छ। म्युजिक एरेन्ज राजन इशानले गरेका छन्।

गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । भिडियोमा मदनकृष्ण श्रेष्ठ स्वयं छन् भने उनको अपोजिटमा गौरी मल्ल छिन् ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन्। सम्पादन विकास दाहालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *