Home / Politics / सरकारले पारित गर्‍यो लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा

सरकारले पारित गर्‍यो लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा

काठमाडौं । मन्त्रिपरिषद बैठकले भारतले मिचेको भूमि कालापानी लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय गरेको छ। सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले संसद्‍मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिचिएका नेपाली भूभागसहितको नेपालको नक्सा सार्वजनिक गर्ने विषय समावेश थियो।

संसदीय समितिले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए।

संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति र राज्य व्यवस्था समितिले यस्तो निर्देशन दिएका थिए।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले पनि ती भूभागसहितको नक्सा सार्वजनिक गर्न सुझाव दिएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *