काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको छ।
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी एकताको बारेमा छलफल हुने स्थायी कमिटी सदस्य भीम आचार्यले बताए । बैठकमा ७० जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ। केही सदस्य भने उपत्यकाबाहिर रहेकाले बैठकमा अनुपस्थित छन् ।
केन्द्रीय कमिटी बैठकअघि आज क्वालिटी ब्यांक्वेटमै उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो। स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक सुरु भएको हो।





