काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ।
काठमाडौं महानगरपालिका–३० मैतीदेवीमा महाकवि देवकोटाको घर भएको स्थानमा नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो।
महाकवि देवकोटाको घर सरकारले साढे २ करोडमा किनेको हो। देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।





