काठमाडौं । सुन चाँदीको भाउ फेरि बढेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा नौ सय रुपैयाँले सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार (आज) का लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ४ सय तोकेको छ । बिहीबार (हिजो) तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलामा ९०५ रुपैयाँले बढेर ९१ हजार ९ सय ६५ रुपैयाँ कायम गरेको महासंघले जनाएको छ । बिहीबार तोलाको ९१ हजार ६० रुपैयाँ तोकिएको थियो ।
यस्तै, चाँदीको भाउ पनि तोलामा एकै दिन २५ रुपैयाँले बढेर ९८० रुपैयाँ पुगेको छ ।






