Home / Nepal / News / दसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजागरी मनाउदै

दसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजागरी मनाउदै

काठमाडौं : दसैँको दोस्रो दिन आज बिहानैबाट ब्रह्मचारिणी देवीको शक्तिपीठ तथा घरघरमा पूजागरी गरी मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म दुर्गा भवानीको पूजा आरधाना गरी मनाइन्छ ।

आज राजधानीका मैतीदेवी, तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, इन्द्रायणी, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकालीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *