Home / Nepal / धनुषामा अंश विवादमा ७० बर्षका आफ्नै बाबुको हत्या

धनुषामा अंश विवादमा ७० बर्षका आफ्नै बाबुको हत्या

जनकपुरधाम: धनुषा जिल्लाको धनुषाधाम नगरपालिका -१ काशिपुर मा अंश विवादमा ७० बर्षका बृद्दको हत्या भएको छ।

अंश विवादमा छोरा श्रीकृष्ण यादवले आफ्नै बाबुलाइ मसला कुट्ने खलले प्रहार गरी बाबुको हत्या गरेको प्रहरीले जनाएको छ।

श्री कृष्णले बिहीबार राति अंशबण्डा र अन्य घरायसी विवादका क्रममा बाबु विशो यादवको हत्या गरेका हुन।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विशोका कान्छो छोरालाई पक्राउ गरेको छ। सोधपुछको क्रममा अपराध स्वीकार गरेपछि उनलाई घरबाटै पक्राउ गरिएको थियो।

मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *