बिरगंज: नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएका छन।
चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, लगायतका माग राख्दै राजीनामा दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताएका छ्न।
उपाध्यायका अनुसार कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिएको बताएका छ्न।
उनका अनुसार राजीनामा प्रमुख जिल्ला अधिकारीलाई बुझाएको तर, स्वीकृत नभएकोले अहिले सेवा भने निरन्तर दिइरहेको बताएका छ्न।
चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै राजीनामा बुझाएको उनले बताए ।
गत साउन २४ गते विहान वीरगञ्जकोअस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा एक २० वर्षीय युवतीको मृत्यु भएको विषयलाई लिएर अस्पतालको आकस्मिक कक्ष तोडफोड र कर्मचारीमाथी दुर्व्यवहार भएको थियो।
उक्त घटना पछि दिनहुँ जसो धम्की आइरहेकोले त्रासमा काम गर्नु परेकोले बाध्य भएर राजिनामा दिएको उपाध्यायले “न्युजडोको” लाई बताएका छन।






