काठमाडौं । स्वास्थ्य मन्त्रालयले रुपन्देहीमा उपचाररत एकजना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको भन्दै गलत सूचना नदिन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अलिहेसम्म पनि उनको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचाररत रहेको बताए ।
“उहाँ अहिले भेन्टिलेटरमा हुनुहुन्छ । अवस्था गम्भीर छ । फेरि पनि संवेदनशील समयमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनामा ध्यान दिनुहोला,” उनले आग्रह गर्दै भनेका छन् ।
यसअघि अस्पतालले पनि विभिन्न सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो ।






