Home / Politics / एमसीसी परियोजना राष्ट्रघाती भन्दै लागू नगर्न उपत्यकामा नागरिक अभियान

एमसीसी परियोजना राष्ट्रघाती भन्दै लागू नगर्न उपत्यकामा नागरिक अभियान

ललितपुर । एमसीसी परियोजना राष्ट्रघाती भन्दै त्यसलाई लागू नगर्न माग गर्दै आईतबार ललितपुरमा बृहत पदयात्रा गरियो ।


एमसीसी खारेजीको माग गर्दै ग्वार्कोबाट सो पदयात्रा शुरु गरिएको थियो । सुन्धारा, ओकबहाल , टंगल, इखालखु, गाबहाल, पिम्बहाल, नकबही, बंगलामुखी हुँदै च्यासलमा पदयात्राको समापन गरिएको थियो ।

पदयात्रामा ललितपुरसहित विभिन्न जिल्लाका मानिसहरुको सहभागिता रहेको थियो ।

त्यसपछि ललितपुरको हरिसिद्धिमा बृहत प्रदर्शन गरिएको थियो ‘असार १२ गते दिउँसो १ बजे बसन्तपुर जाऔं, राष्ट्रघाती एमसीसी खोरज अभियानमा सहभागी बनौं’ भन्ने नाराका शुरु भएको एमसीसी खारेजको नागरिक अभियान उपत्यकाको तीनवटै जिल्लाको प्रमुख स्थानहरुमा पुग्ने छ ।

राष्ट्रिय स्वाधीनता, सह अस्तित्व तथा सुशासनका लागि काठमाडौं उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा शुरु गरिएको आयोजकको भनाइ छ ।

असार ५ गते भक्तपुर जिल्लाको मध्यपुर थिमिको नगदेशबाट शुरु भएको नागरिक आवाज अभियान असार १० गते सम्म निरन्तर उपत्यकाको तीन बटै जिल्लाका बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुमा पदयात्रा गर्ने नागरिक आवाज अभियानले जनाएको छ ।


एमसीसी खारेजको नागरिक अभियानमा स्थानीय जनतालाई जागरुक गराउन पदयात्रा अभियान चलाएको अभियानका संयोजक सुमन साय्मीले बताउनुभयो ।

‘त्यसका लागि दलीय आस्थाको आग्रह र पूर्वाग्रहबाट माथि उठेर राष्ट्रिय हितको सवालमा एकजुट हुनु आवश्यक छ । यसका लागि नै हामीले अभियान शुरु गरेको हो ।’ साय्मीले भन्नुभयो 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *