काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागु गर्नुपर्ने बताएका छन्।
मन्त्रालयमा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसी लागू गरेर अगाडि बढ्नुपर्ने बताए। उनले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भए सच्याएरै कार्यान्वयनमा लैजानुपर्ने बताए
पछिल्लो समयका हरेका सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकाले पनि पास गरेर अगाडि बढ्नुपर्ने उनले बताए । एमसीसी लागु गर्न नसक्ने हो भने भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पुर्याउने मन्त्री रायमाझीले बताए।






