विराटचौक । मोरङको सन्दरहरैंचा नगरपालिका-९ बाट गोरु काटेर मासु बेच्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गोरु काटेको घटनामा संलग्न २५ वर्षीय सुमन दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।
दनुवार त्रिवेणी टोलबाट शनिबार साँझ पक्राउ परेका हुन् । घटनास्थलबाट बरामद भएका गोरुको टाउको र खुट्टा परीक्षणका लागि पठाउने तयारी प्रहरीले गरेको छ ।
पक्राउ परेका दनुवारविरुद्ध पशुपंक्षीसम्बन्धी कसुरमा कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने प्रनि ढकालले बताए ।
उनले गोरु काटेको घटनामा अरुको पनि संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको जनाए ।






