Home / Society / बाख्रा चराउन गएका दुई बालिकाहरुको पोखरीमा डुबेर मृत्यु

बाख्रा चराउन गएका दुई बालिकाहरुको पोखरीमा डुबेर मृत्यु

सर्लाही। सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको हो ।

दुवै बालिकाको स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।


बाख्रा चराउन गएका बालिकाहरु श्निवार साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए ।

त्यसक्रममा शनिवार राती ९ः३० बजेतिर बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

मृतक दुवै बालिकाको शव पोष्टमार्टमका लागि आइतवार बिहान जिल्ला अस्पताल मलङ्गवा पु¥याइएको छ ।


सर्लाहीसहित तराईका जिल्लामा बर्षायाममा पोखरी लगायतका जलाशयमा डुबेर बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको छ ।

केही दिनअघि मात्रै जिल्लाको बरहथवा नगरपालिका–११, हीरापुरमा अनियन्त्रित रुपमा खनिएको पोखरीमा माछा मार्न गएका एक पुरुषको डुबेर मृत्यु भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *