Home / Nepal / News / कास्कीमा बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा एकजना पक्राउ

कास्कीमा बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा एकजना पक्राउ

काठमाडौं : कास्कीको मादी गाउँपालिकामा बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापा छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ। उक्त जानकारी पाइएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थापामाथि बालबालिकासम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *