Home / Society / विवाहमा १५ जनाभन्दा बढी भेला हुन निषेध, राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध,

विवाहमा १५ जनाभन्दा बढी भेला हुन निषेध, राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध,

Ministry of Home Affairs

काठमाडौं । सरकारले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सुरक्षा मापदण्ड, २०७७ जारी गर्दै अत्यावश्यक काममा बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । 

जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा हेरफेर गर्दै सम्बन्धित मन्त्रालयले आवश्यक प्रोटोकल तयार पारी जारी गर्ने निर्णय भएअनुसार निर्देशिका तयार पारिएको गृहमन्त्रालयले जानकारी दिएको हो ।

गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ आदि कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

अनुमति प्राप्त अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिहरूले न्यूनतम दुई मिटर सामाजिक दूरी कायम गर्ने, तोकिएको वा भारतबाहेक अन्य मुलुकबाट नेपाल प्रवेश गर्नेको हकमा स्वेच्छिक क्वारेन्टिन वा होटल क्वारेन्टिन सार्वजनिक शान्ति र सुव्यवस्थालाई समेत पालना गरी बस्नुपर्ने, बस्दा समेत तोकिएको सामाजिक दूरी कायम गर्नु, गराउनुपर्ने गृहमन्त्रालयले निर्देशन जारी गरेको छ ।

त्यस्तै मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारका गाडीलाई यात्रु ओसारपसार गर्न पनि गृहमन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *