Home / World News / सिंगापुरमा आजबाट लकडाउनमा छुट, आजबाट विद्यालय लाग्ने

सिंगापुरमा आजबाट लकडाउनमा छुट, आजबाट विद्यालय लाग्ने

काठमाडौं । सिंगापुरले आजबाट लकडाउनमा छुट दिएको छ । आजबाट सिंगापुरमा विद्यार्थी विद्यालय जान सक्नेछन् । 

उत्पाद र निर्माण क्षेत्र पनि केही सर्तसहित खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ । 


कोरोना महामारीको शुरुआती दिनमा सिंगापुर कोरोना भाइरस रोकथामको लागि सफल मोडेल अपनाएको थियो । तर अप्रिलमा सिंगापुरमा कोरोनो संक्रमण फेरि फैलियो र सरकारले कडा कदम चाल्यो । 

दोस्रो चरणमा सिंगापुरमा आप्रवासी कामदारहरूमा कोरोना संक्रमण फैलियो । त्यसपछि पुनः सिंगापुरले लकडाउनमा छुट दिएको हो । 

सिंगापुरमा ३५ हजार २९२ जनामा कोरोना संक्रमण देखिसकेको छ । २४ जनाको मृत्यु भइसकेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *