Home / World News / भारतमा लकडाउन एक महिना थपियो, केही ठाउँमा भने सर्तसहित खुल्ने

भारतमा लकडाउन एक महिना थपियो, केही ठाउँमा भने सर्तसहित खुल्ने

काठमाडौं। कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै छिमेकी राष्ट्र भारत सरकारले जारी लकडाउनलाई थप १ महिना लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार भारतीय गृह मन्त्रालयले आगामी जुन ३० सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो ।

तर, कोरोना संक्रमण नदेखिएको ठाउँमा भने लकडाउन विभिन्न सर्तसहित खुकुलो बनाउने निर्णय पनि गरिएको जानकारी गराइएको छ ।

भारतमा चौथो चरणको लकडाउन भोलि मे ३१ (आइतबार) सकिदैछ

पछिल्लो समय भारत सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न गतिविधिहरुमा छुट दिदै आएको छ ।

कोरोना संक्रमण नभेटिएका क्षेत्रहरुमा चरणबद्ध सबै गतिविधिहरु सूचारु गरिने जानकारी गराइएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या १ लाख ७५ हजार ९५७ पुगेको छ ।

जसमध्ये ४ हजार ९ सय ९६ जना संक्रमितहरुको ज्यान गइसकेको छ । त्यस्तै, ८३ हजार ८७८ जना संक्रमितहरु निको भइसका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *