Home / Sports / एभरेष्ट प्रिमियर लिग को ट्रफी सार्वजनिक

एभरेष्ट प्रिमियर लिग को ट्रफी सार्वजनिक

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले पाउने उपाधि ट्रफी सार्वजनिक गरिएको छ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले ट्रफी सार्वजनिक गरे। आयोजक ईपीएलले सोमबार चौथो संस्करणको प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो।

यस्तै यो संस्करणको मुख्य प्रायोजकका रूपमा बजाज पल्सर रहने भएको छ ।

चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिइसकेको छ।

प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *