Home / Society / पहिरोले घर पुरिंँदा १९ वर्षीया युवतीको मृत्यु

पहिरोले घर पुरिंँदा १९ वर्षीया युवतीको मृत्यु

गलकोट ।  अविरल वर्षाका कारण पहिरोले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­९ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र पूजा अर्को घरमा सुतेका अवस्थामा पहिराले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *