Home / World News / कोरोना कहरमा अनलाइन कारोबारीले अर्बौ कमाए

कोरोना कहरमा अनलाइन कारोबारीले अर्बौ कमाए

एजेन्सी । कोरोनाका कारण विश्व अर्थतन्त्रमा संकट उत्पन्न भइरहेका बेला अनलाइन कारोबार भन्ने फस्टाएको छ ।

कोरोना कहर बढिरहेका बेला बढेको अनलाइन कारोबारका कारण अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति २४ अर्ब अमेरिकी डलर थपिएको छ ।

विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको सम्पत्ति १ खर्ब २४ अर्ब अमेरिकी डलर पुगेको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्यांकमा उल्लेख छ । त्यस्तै अमेजनले हजारौं नयाँ जागिर पनि खोलेको छ ।

कोरोनाका कारण अनलाइन किनमेलका लागि उच्च माग भएपछि सोको व्यवस्थापन गर्न अमेजनले नयाँ जागिर खुलाएको हो । यद्यपि, कोरोना भाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना हुँदै आएको छ । अमेजनमा बेजोसको ११ प्रतिशत शेयर छ । पछिल्लो तथ्यांकअनुसार अमेजनको शेयरको मूल्य ५ दशमलव ३ प्रतिशतले बढेको छ।

त्यस्तै लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्। वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ। घरबाट काम गर्न लाखौं मानिसले जुम सफ्टवेयर प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *