बझाङ । बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यू भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।
शनिवार विहान स्थानीय र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाका शव निकालेको छ ।
आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया राममती जेठारा र उहाँकी १५ बर्षीया छोरी शान्ती जेठारा , ११ वर्षीया छोरा प्रयागराज जेठारा र छोरी ७ वर्षे अस्मीताको शव निकालेको घटना स्थलवाट प्रहरी असई रायभान सिंह ऐरीले वताउनुभयो ।
उहाँका अनुसार ८० वर्षका दले जेठारा, १२ बर्षीय सन्तु जेठाराको लास पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० बर्षीया गिरीजा जेठाराको भईरहेको छ ।
“राती अविरल बर्षा सहित गाउँ माथीबाट अलि अलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राती सवै घरबाट वाहिर निस्कियौ” स्थानीय सुरेश जेठाराले भन्नुभयो, “उहाँहरु भाग्न नसकेर पहिरोमा पुरिए छन् ।”
गाउँको माथी पट्टी रहेको रातो पड सामुदायिक वनबाट पहिरो आए पछि १८ घरमा पुर्ण रुपले क्षति भएको छ । उहाँले भन्नुभयो, “गाउँ माथिको सामुदायिक वनमा पनि खुल्ला चरिचरन बन्द गरेको झण्डै एक दशक भई सकेको थियो ।
पहिरो आउने कुनै पनि सम्भावना थिएन । राती सुतेको अवस्थामा एकाएक पहिरो आउँदा आफुहरु बाँच्नै मुस्कील भयो ।”
उहाँका अनुसार पहिरोमा परी २२ वटा भैसी , ६५ वटा बाख्रा , २४ वटा गाई गोरु समेत बगाएको छ ।
यो खबर पनि पढ्नुहोस ।






