Home / Nepal / News / मामा र माइजूसँगको मनमुटाबबाट कृष्णा थकित

मामा र माइजूसँगको मनमुटाबबाट कृष्णा थकित

मुम्बई : बलिउड चर्चित अभिनेता गोविन्दा र उनका भान्जा कृष्णा अभिषेकबीचको सम्बन्धमा चिसोपन नयाँ होइन।

हालै ‘द कपिल शर्मा शो’को पछिल्लो एपिसोडमा गोविन्दा र उनकी पत्नी सुनीता आहुजा आउने भनिएपछि यो विवाद फेरि चर्चामा रह्यो।

मामा–माइजू आउने भएपछि कृष्णाले उक्त एपिसोडमा नजाने निर्णय लिए। रिसाइरहेकी सुनीताले पनि कृष्णाको अनुहार नै हेर्न नचाहेको बताइन्। त्यससँगै सेलाइसकेको विवाद फेरि चर्किएको हो।

यसैबीच, कृष्णाले यो मनमुटाबबाट आफू थकित भएको बताएका छन्। मामा–माइजूले आफूलाई र आफूले पनि मामा–माइजूलाई माया गर्ने पनि उनले खुलासा गरे।

कृष्णा भन्छन्, “मलाई थाहा छ, माइजूले मेरोबारेमा धेरै कुरा भन्नुभएको छ। पक्कै पनि म दुःखी छु। तर, मैले अहिले महसुस गरिरहेको छु कि उहाँहरू मसँग धेरै रिसाउनुभएको छ। कारण, उहाँहरूले मलाई धेरै माया पनि गर्नुहुन्छ। ‘म उसको अनुहार फेरि हेर्न चाहन्नँ’ फिल्मी डायलगले प्रमाणित गर्छ कि उहाँहरूलाई चोट पुगेको छ। तपाईंले माया गर्ने व्यक्तिबाट मात्रै तपाईंलाई चोट पुग्छ।”

यसपछि कृष्णाले मामा–माइजूसँग धेरैपटक माफी माग्न खोजेको तर असफल रहेको पनि बताए। “म मेरो मामा–माइजूलाई धेरै माया गर्छु । म उहाँहरूबाट क्षमा खोजिरहेको छु । मैले धेरैपटक प्रयास पनि गरिसकेको छु, तर उहाँहरूले स्वीकार्नु भएन,” उनी भन्छन्, “समस्या यही छ, मलाई थाहा छैन किन उहाँहरू मलाई माफ गर्न तयार हुनु हुन्न। धेरै अन्तर्वार्तामा मैले यो समस्या सुल्झाउने कुरा भनिरहेको छु र उहाँहरूले पनि भन्नुभएको छ । तर, अझै पनि हामी भारी टाउको लिएर हिँडिरहेका छौँ ।” इन्डियन एक्सप्रेसबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *