Home / Society / काठमाडौंका स्थानीयले अझै अटेरी गर्न छोडेनन, दिनहुुँ जात्रै जात्रा

काठमाडौंका स्थानीयले अझै अटेरी गर्न छोडेनन, दिनहुुँ जात्रै जात्रा

काठमाडौं । कोरोना महामारीको जोखिम बढ्दै जाँदा काठमाडौंमा भने दैनिकजसो भिडभाडयुक्त जात्रा हुन थालेका छन् ।

गाईजात्राको भोलिपल्ट हरिसिद्धी भवानीका देवगणहरुलाई द्यो पखु: अर्थात्  देउता नुहाउने पोखरी मा स्नान गराएर जात्रा मनाउने गरिन्छ ।

कोरोना महामारीको जोखिम हुँदा पनि विगतका बर्षझैं स्थानीहरुले तामझामका साथ जात्रा मनाएका छन् । यस जात्रामा देउतालाई राँगाको बलि चढाई राँगाको टाउको बोकेर पोखरीमा नुहाउने प्रचलन छ ।

सरकारले २५ जना बढीभेला नहुन निर्देशन जारी गरेको भएपनि उपत्यकाका स्थानीयले वेवास्ता गर्दै आएका छन् । मंगलबार पनि उपत्यकाका बिभिन्न ठाउँमा यस्तै बिशाल भिडभाडका बीच गाईजात्रा मनाईएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *