Home / Nepal / शनिबार उपत्यकामा २१६ जना कोरोना संक्रमित थपिए

शनिबार उपत्यकामा २१६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । शनिबार उपत्यकामा २१६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।यस्तै आज देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *