Home / Society / कर्णाली दुर्घटना : टिपरमा चढेकामध्ये २७ जना सम्पर्कमा आए (अपडेट)

कर्णाली दुर्घटना : टिपरमा चढेकामध्ये २७ जना सम्पर्कमा आए (अपडेट)

काठमाडौं । कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।

३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको हो । कालीकोटको नरहरीनाथ गाउँपालिकाबाट रासकोट जाँदै गरेको ना ८ ख ५१३३ नम्बर टिपर कर्णालीमा खसेको थियो  ।

टिपरमा ३९ जना रहेको बताइएको छ  । त्यसमध्ये केही व्यक्ति बाटोमा ओर्लिएका थिए ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

टिपरमा चढेकामध्ये २७ जना सम्पर्कमा आएका छन् भने दुर्घटनामा परेका चारजनाको अवस्था गम्भीर रहेको कर्णाली प्रदेशका डीआईजी वसन्तकुमार पन्तले जानकारी दिए ।

यो पनि पढ्नुहोस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *