Home / World News / जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा देशभर जारी गरिएको संकटकाल हटाइएको घोषणा

जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा देशभर जारी गरिएको संकटकाल हटाइएको घोषणा

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले देशभर जारी गरिएको संकटकाल हटाइएको घोषणा गरेका छन् । त्यसैगरी प्रधानमन्त्री आबेले अन्य क्षेत्रमा लगाइएको प्रतिबन्ध पनि अन्त्य गरिएको बताइएको छ ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “देशव्यापी जारी गरिएको संकटकाल अन्त्यका लागि हामीले कडा मापदण्ड बनाएका थियौं । हामीले उक्त मापदण्ड पूरा गरेको पायौं र संकटकाल अन्त्य गर्‍यौं ।” 

मेको मध्येदेखि जापानका अधिकांश क्षेत्रमा प्रतिबन्ध हटाइएको थियो ।

कोभिड-१९ प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य संकटकाललाई टोकियो महानगर क्षेत्र तथा होक्काइदोउमा जारी राखे पनि सोमबारदेखि उक्त सहरमासमेत संकटकाल हटाइएको हो । 

अन्य मुलुकको तुलनामा जापानमा कोरोना संक्रमितको अवस्था कम भएको बताइएको छ ।

जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ५५० पुगेको छ भने ८२० कोरोना संक्रमितको मृत्यु भएको छ । -बीबीसी

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *