Home / Nepal / News / जगदम्बा सिमेन्टले विपन्न विद्यार्थीको शैक्षिक विकासका लागि छात्रवृति प्रदान

जगदम्बा सिमेन्टले विपन्न विद्यार्थीको शैक्षिक विकासका लागि छात्रवृति प्रदान

sharethis sharing button

काठमाडौं : जगदम्बा सिमेन्टले शिक्षामा बञ्चित सिरहाका ३० जना विपन्न विद्यार्थीको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासँग सहकार्य गर्देै छात्रवृति प्रदान गरेको छ। यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्रवृद्धि अन्तर्गत १०० जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृती प्रदान गरेको थियो।

जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका वित्त प्रमुख सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरे। यस्तै कम्पनीका बरिष्ठ व्राण्ड प्रवन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए। सिमेन्टको बिक्रीमा मात्र सिमित नराखी जगदम्बा सिमेन्टले विभिन्न उपभोक्तामुखी सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *