लन्डन : युरोकप -२०२० अन्तरगत सोमबार बिहान भएको फाइनल खेलमा इटालीले इंग्ल्याण्डलाइ टाइब्रेकरमा ३-२ गोल ले हराउदैं उपाधी चुमेको छ।
युरोकपमा इटालीले ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो । यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा उपाधि जिते यता पहिलो पटक उपाधी चुमेको हो ।
इङ्ल्यान्डको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९ ० मिनेट र थपिएको समयमा १-१ बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई वटा प्रहार बचाएका थिए ।
तर तीन जना खेलाडी गोल गर्नबाट चुकेपछि इटालीको भाग्य चम्कीएको हो । खेलको सुरुवाती दोस्रो मिनेटमै इङ्ग्ल्यान्डले अग्रता लिएको थियो ।
उसका लागि ल्युक शले गोल गरेका थिए । तर दोस्रो हाफमा खेलको ६७ औं मिनेमा इटालीका लिओनार्दो बोनुचीले बराबरी गोल गरे पछि दुवै टिमले गोल थप्न सकेनन् अन्ततः खेल टाइब्रेकरमा धकेलीएको थियो।






