आज पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण प्राय सबैजसो पहाडी भूभागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम बिभागले जनाएको छ।
केही ठाउँमा मेघगर्जन , हावाहुरी र चट्याङ्गका समेत सम्भावना रहेको र तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाण्डौ उपत्यकामा आज पनि बेलुकीपख हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।
प्रि – मनसुनको समय भएकाले बिहानीपख घाम लागे पनि दिउँसोपछि बादल लागेर बेलुकीपख हावाहुरी , मेघगर्जन तथा चट्याङ्गसहित पानी पर्ने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






