काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा र मध्यान्न पछि देशका विभिन्न स्थानमा वर्षा हुनेछ।
विभागअनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
आज दिउँसोपछि देशका केही स्थानमा बदली भई हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहेको जनाइएको छ । त्यस्तै आज राति पनि गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा समेत पानी पर्ने सम्भावना रहेको छ। र प्रदेश नं १ तथा बागमती प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाइएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले आग्रह गरेको छ ।






