काठमाडौं । अजोड इन्स्योरेन्सले आज (असार २५ गते) बाट साधारण सेयर (आईपीओ) निष्कासन बिक्री खुल्ला गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको कुल साधारण सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको छुट्याएको छ ।
बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा भने सर्वसाधारणलले आवेदन दिने सक्नेछन् ।
कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटलले प्रत्याभूति गरेको आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस. क्यापटिल छ ।
लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
नयाँ निर्जीवन बिमा कम्पनीका रूपमा सञ्चालनमा आएको कम्पनीको आईपीओ निष्कासनपछिको चुक्ता पुँजी एक अर्ब पुग्नेछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ७ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो ।






