Home / Nepal / News / एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ साउन १६ गतेदेखि निष्कासन

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ साउन १६ गतेदेखि निष्कासन

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले हाल कायम रहेको जारी पुँजी  एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख चार हजार ६०० हजार रुपैयाँको आईपीओ बिक्री गर्न लागेको हो ।

कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात् एक लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । त्यस्तै  २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको ३१ लाख ६० हजार ११८० कित्तामा भने सर्वसाधारणले आवेदन दिने सक्ने कम्पनीको विवतरणपत्रमा उल्लेख छ ।

साउन १६ गतेबाट बिक्री खुला हुने कम्पनीको आईपीओमा छिटोमा साउन २१ गते र साउन २१ गतेसम्म सबै बिक्री नभएमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आश्‍वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुको साथै  मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २०७६ फागुन ४ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले  २८.१ मेगावाटको लिखु खोला जलविद्युत आयोजना, ७३ मेगावाटको मिडल तमोर हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ ।

कम्पनीको सञ्‍चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवनाथ लामिछाने छन् । यस्तै पूर्वअध्यक्ष शेष घले कम्पनीको सञ्‍चालक छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *