Home / Sports / आईपीएलमा बैंगलोरसँग चेन्‍नइ पराजित

आईपीएलमा बैंगलोरसँग चेन्‍नइ पराजित

काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ । 

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरले चेन्‍नइलाई जितका लागि दिएको १७० रनको लक्ष्य पछएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । बैंगलोरका लागि अंबाती रायडुले सर्वाधिक ४२ रनको पारी खेले । 

त्यस्तै नारायन गजादेशनले ३३ रन जोडे । बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै युजेभिन्द्र चहाल र इस्रु उडानले समान एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । 
५१ बल खेलेका उनले ४ चौका र ४ छक्काको हसयोगमा नट आउट ९० रनको पारी खेले । त्यस्तै देवदत्त पाडिकलले ३३ रन जोड्दा शिभम् डुबेले २२ रन बनाए ।  

बलिङतर्फ चेन्‍नइका लागि सार्दुल ठाकुरले दुई विकेट लिए । त्यस्तै दीपक चहार र श्याम करनले समान एक–एक विकेट लिए । 

आजको जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोडेको छ । बैंगलोर तालिकाको चौथो स्थानमा रहेको छ । यता ७ खेल खेलेको चेन्‍नइ ४ अंक सहित तालिकाको छैटौं स्थानमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *