Home / Society / बाहिरबाट उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न निर्देशन

बाहिरबाट उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न निर्देशन

Ministry of Home Affairs

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेसँगै सरकारले उपत्यका भित्रनेहरुमाथि निगरानी बढाउने भएको छ ।

गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।


पीसीआर टेष्टका लागि आउनेहरू बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

उक्त पत्राचारपछि गृहले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

लकडाउन केही सहज भएपछि पछिल्लो समयमा विभिन्न जिल्लाहरुबाट उपत्यकाभित्र आउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *