Home / Nepal / बरिस्ठ उद्योगपति बिनोद चौधरी कोरोना मुक्त

बरिस्ठ उद्योगपति बिनोद चौधरी कोरोना मुक्त

चौधरी (सिजी) ग्रुपका अध्यक्ष विनोद चौधरी कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन।

उद्योगपति एवं नेपाली कांग्रेसका सांसद चौधरीलाई भदौ १२ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो।

उनले शनिबार राति सामाजिक सन्जाल फेसबुक तथा ट्विटरमा पोस्ट गर्दै १० दिनपछि आफू कोभिड-१९ बाट मुक्त भएको जनाएका हुन।

उनले भनेका छन। “तपाईंहरूको उत्कृस्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईंहरूजस्ता आफन्त , इष्टमित्र , साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्दछु”

https://www.facebook.com/209242849219109/posts/2221155694694471/
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *