Home / World News / भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ७ हजार नयाँ संक्रमित थपिए

भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ७ हजार नयाँ संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । गएको चौबीस घण्टाभित्र भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

भारतमा गएको चौबीस घण्टामा ६ हजार ९७७ नयाँ संक्रमित देखिएका छन् । ‘नवभारत टाइम्स’ का अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो बढोत्तरी हो ।

योसँग भारतमा कोरोना संक्रमितको संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत चौबीस घण्टामा एक सय ५४ संक्रमितको मृत्यु भएको छ । बीबीसीका अनुसार भारतमा अहिलेसम्म मृत्यु हुने संक्रमितको संख्या चार हजार २४ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *