काठमाडौं । कर्णाली प्रदेशमा नोभेल कोरोना भाइरसका १०० संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेशले शुक्रबार दिउँसो सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा ९७ जना र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको हो ।
दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछान, गोरखा, दैलेख र सुर्खेत र जाजरकोटका एक सयजनामा कोरोना देखिएको हो ।
कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण देखिनेमा ४८९ रहेका छन् ।






