काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।
आज देशभर ३१ हजार ८१२ जना होम आइसोलेसनमा, २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा, ५६३ जना आईसीयू तथा १७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ ।






