सिराहा:बलात्कार गरी अश्लिल भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा सिराहा जिल्ला कल्याणपुर नगरपालिका–४ बस्ने अजय महरा पक्राउ परेका छ्न।
२० वर्षीय महराले सोहि ठाउँ बस्ने २२ बर्षिय महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले बलात्कार गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेका हुन।
ती महिलालाई अजयले खिचेको सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक बलात्कार गर्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।
बलात्कारी गरेको अभियोग लागेका जितन राम भने हाल फरार रहेको र फरार अभियुक्तको प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ।






